Media Network

अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा २१ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

एजेन्सी। अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा १८ जना विद्यार्थीसहित २१ जनाको मृत्यु पुष्टी भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए । 

पछिल्लोे हमला  वर्षौंपछि  देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ । ’

आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । हमलाको कारण भने खुल्न सकेको छैन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद