काठमाडौ । नेपालको छिमेकी चीनले नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीबारे विकसित राजनीतिक घटनाक्रमबारे चासो राख्दै एमसीसी अनुमोदनका लागि अमेरिकाले ‘बलपूर्वक कूटनीति’ लादेको आरोप लगाउदै विरोध जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले नेपाललाई एमसीसी फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न भनेको भन्दै चीनले ‘बलपूर्वक कूटनीति’ को विरोध गरेको बताए ।
हालै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई फोन गरेर यही फेबरुअरी २८ सम्ममा एमसीसी अनुमोदन गर्द भनेको समाचारमाथि टिप्पणी गर्दै चिनियाँ प्रवक्ताले त्यसलाई ‘बलपूर्वक कूटनीति’ भनेका हुन् ।