अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार


खबरस्टोरी संवाददाता
७ फाल्गुन २०७८, शनिबार
अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन्।

"कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९  सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ ।  त्यसैगरी ५ करोड भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९५८,३०० सङ्क्रमितको मृत्यु भइसकेको छ।