Media Network

अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह


खबरस्टोरी संवाददाता

७ मंसिर २०७८,मंगलवार

एजेन्सी। युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको  छ ।  यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । 

सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ  जसलाई "लेभल फोर" सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने  भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ । सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद