अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै


खबरस्टोरी संवाददाता
१९ माघ २०७८, बुधबार
अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

एजेन्सी। अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ  । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । 

राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । 

तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा  उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ  ।