Media Network

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले चीनसँगको विवादबारे के भने ?


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

एजेन्सी।अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले चीनसँगको सम्बन्ध ‘अप्ठ्यारो स्थितिमा’ रहने धारणा राखेका छ्न् । अस्ट्रेलियाको नवनिर्वाचित प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेलगत्तै  क्वाड  देशको बैठकमा भाग लिन टोकियो प्रस्थान गर्नुअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानीजले भने, ‘चीन परिवर्तन भएको छ, अष्ट्रेलिया होइन र अष्ट्रेलियाले सधैं आफ्नो मूल्यमान्यताको सम्मान गरेको छ र मेरो अगुवाइको सरकारमा पनि यो अघि बढ्न जारी रहनेछ ।’

अल्बानीज अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बनेका छन् । अष्ट्रेलिया र चीनबीच व्यापार, कोरोनाको उत्पतिलगायत धेरै विषयमा विवाद हुँदा दुई देशबीचको सम्बन्ध तनाव रहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अष्ट्रेलियामा मतगणना जारी रहेकाले क्वाड देशको बैठकमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्न अल्बानीजले प्रधानमन्त्री पदको सपथ लिएका छन् ।



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद