Media Network

अष्ट्रेलियामा ओमिक्रोनका कारण पहिलो मृत्यु


खबरस्टोरी संवाददाता

१२ पुष २०७८,सोमबार

एजेन्सी। अष्ट्रेलियामा कोभिड १९ को नयाँ  भेरियन्ट ओमिक्रोनबाट एक व्यक्तिको मृत्यु भएको छ। सोमबार अष्ट्रेलियाको न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।

केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो । पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ ।

अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो । पछिल्लो समयमा ओमिक्रोन संक्रमित बढेसँगै सीमामा पुनः कडाई पार्ने बारेमा आवाज उठेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद