Media Network

अवतणको क्रममा स्पाइसजेटको विमान आँधीमा फस्यो


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

एजेन्सी । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमान अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ । ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।

आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ । 

आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो । ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । स्पेस जेटले दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद