बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी


खबरस्टोरी संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार
बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी
एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् । 

स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ । बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।