Media Network

भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेता पक्राउ


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

एजेन्सी। पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल—एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो  ।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । नेता खान विमान चढेर भागेर संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

 उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाई छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद