Media Network

भारत विधानसभा चुनावः तीन प्रदेशमा विजेपी, पञ्जावमा आम आदमीको सरकार


खबरस्टोरी संवाददाता

२६ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । भारतको पाँच प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनबाट भारतीय जनता पार्टी (बीजेपी)ले तीन  प्रदेशमा स्पष्ट बहुमत हासिल गरेको छ । 

उत्तर प्रदेश, उत्तराखण्ड र मनिपुरमा बीजेपीले स्पष्ट बहुमत सिट हासिल गरी सरकार बनाउने भएको छ भने बीजेपी गोवामा ठूलो पार्टी बनेको छ ।  

पञ्जावमा भने भारतको राजधानी नयाँ दिल्लीमा प्रभाव जमाएको आम आदमी पार्टीले अप्रत्यासित नतिजा हासिल गरेको छ । 

इण्डियन नेशनल कंग्रेसले गोवाको ४० सिट मध्ये ११ सिटमा जित हासिल गरेको छ भने अन्य चार प्रदेशमा लज्जास्पद हार ब्यहोरेको छ ।  

१० फेब्रुअरीदेखि ७ मार्चसम्म भएको विधानसभा निर्वाचनका परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उचाई थपिदिएको छ । 

विधानसभा निर्वाचनका परिणामअनुसार, गोवाको ४० सिटमध्ये बीजेपीले २० सिटमा जित हासिल गरी प्रदेशको सबै भन्दा ठूलो पार्टी बनेको छ ।  

गोवामा इण्डियन नेशनल कंग्रेसले ११ सिटमा जित हासिल गर्दा आम आदमी पार्टी (आप) र महाराष्ट्रवादी गोमान्तकले २÷२ सिट जितेको छ । 

यस्तै, रेभ्युलेश्नरी गोवाज पार्टी र गोवा फरवार्ड पार्टीले एक एक स्थान तथा स्वतन्त्रले ३ सिट हासिल गरेको छ । 

दिल्लीको झाडुले पञ्जाव बढार्यो 

भारतको दिल्लीमा प्रभाव जमाएको आम आदमी पार्टीले अन्य प्रदेशमा पनि आफ्नो प्रभुत्व खडा गर्न थालेको छ । 

पञ्जावको विधानसभा निर्वाचनमा आम आदमीले अप्रत्याशित जित हासिल गरिदिएको छ । 

११७ सिट रहेको पञ्जावको विधानसभामा आम आदमी एक्लैले ९२ सिटमा जित हासिल गरेको छ । आपले ९२ सिट जित्दा पञ्जावमा बीजेपीले भने मात्र २ सिटमा चित्त बुझाएको छ । 

पञ्जावमा इण्डियन नेशनल कांग्रेसले १८ सिट जितेको छ भने शिरोमनी अकाली दलले ३ सिट, बहुजन समाज पार्टीले १ र स्वतन्त्रले १ सिट जितेको छ ।

यसैगरी मनिपुर प्रदेशमा पनि बीजेपीले स्पष्ट बहुमत हासिल गरेको छ । ६० सिट रहेको मनिपुरमा बीजेपीले ३२ सिट जितेको छ । 

यस्तै, नेशनल पिपल्स पार्टीले ७, जनता दल युनाइटेडले ६, इण्डियन नेशनल कंग्रेसले ५, नागा पिपल्स फ्रन्ट ५, कुकी पिपल्स अलाइन्सले २ सिट जित्दा ३ जना स्वतन्त्रबाट निर्वाचित भएका छन् । 

यसैगरी, उत्तराखण्डको विधानसभा निर्वाचनको विहीबार राती सम्पन्न परिणामबाट बीजेपीले नै स्पष्ट बहुमत हासिल गरेको छ । ७० सिट रहेको उत्तरा खण्डमा बीजेपीले ४७ सिटमा जित हासिल गरेको छ । 

दोस्रो स्थानमा रहेको इण्डियन नेशनल कंग्रेसले १९, बहुजन समाज पार्टीले १ र स्वतन्त्रबाट २ सिट जितेको छ । 

उत्तर प्रदेशमा योगी आदित्यको हाइहाइ

भारतको ठूलो क्षेत्र रहेको उत्तर प्रदेशमा पनि बीजेपीले अप्रत्याशित जित हासिल गरेको छ । उत्तर प्रदेशको जितलाई योगी आदित्यनाथको जितको रुपमा लिइएको छ । 

योगी आदित्यले नै उत्तर प्रदेशमा बीजेपीका शीर उचो बनाएको हुन् । उनले चुनावकाबेला अखिलेश यादवको नेतृत्वमा चुनावमा बाड्न तयार पारिएको पैसा योगी आदित्यकै पहलमा बुल्डोजर लगाएर सरकारको मातहतमा ल्याएको थियो । त्यसैले योगीले यतिबेला बुल्डोजरवालाको जितको उपमा पाएका छन् । 

उत्तर प्रदेश ४०३ सिटमा भएको बिधानसभा निर्वाचनमा बीजेपीले २५५ सिटमा जित हासिल गरेको छ । 

उत्तर प्रदेशमा दोस्रो ठूलो पार्टी बनेको समाजवादी पार्टीले १ सय ११ सिट जितेको छ ।  

यसैगरी, अपना दल (सोनीलाल) १२ सिट, राष्ट्रिय लोक दल ८ सिट, निर्वल इण्डियन शोशित हमारा आम दल ६ सिट, सुहेलदेव भारतीय समाज पार्टी ६, इण्डिन नेशनल कंग्रेस २, जनसत्ता दल लोकतान्त्रिक २, बहुजन समाज पार्टीले १ सिट जितेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद