Media Network

भारत विधानसभा निर्वाचनः पञ्जाबमा कांग्रेस बढारियो, आम आदमीको हाइहाइ


खबरस्टोरी संवाददाता

२६ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । भारतको राजधानी दिल्लीमा सत्तासिन आम आदमी पार्टी  पञ्जावमा पनि हाइहाइ भएको छ । 

विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले सत्तासिन कांग्रेसलाई बढारिदिएको छ । प्रारम्भिक रुपमा १ सय १७ सिट मध्ये ८९ सिटमा आम आदमीले अग्रता लिएको छ ।  ७६ प्रतिशत भोटसहित अग्रता लिएको आम आदमीले पञ्जावमा पनि सरकार बनाउने देखिएको छ । 

१० फेब्रुअरी देखि ७ मार्चसम्म भएको विधानसभा निर्वाचनमा कांग्रेस १३ सिटमा अग्रता लिएको छ भने भारतीय जनता पार्टी (बीजेपी)ले ५ सिटमा अग्रता लिएको छ । कांग्रेसको सरकार रहेको पञ्जाव अब आम आद्मीको हातमा जाने भएको छ । 

पञ्जावमा जारी मतगणताका क्रममा अकाली दलले ९ सिटमा अग्रता लिइरहेको छ । 

ठूलो परिणामले आम आदमीले जीत हासिल गर्ने देखिएपछि विजेपी कार्यकर्ताहरुले विजय जुलुस निकाल्न शुरु गरिसकेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद