Media Network

भारतको हैदराबादमा भिषण आगलागी, ११ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

एजेन्सी । भारतको हैदरावाद राज्य स्थित भोइगुडा क्षेत्रमा रहेको एक भंगारको गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । उक्त गोदामबाट भाग्न सफल एक कामदारलाई अस्पताल लगिएको छ। 

हैदराबाद प्रहरीका अनुसार षडवन व्यापारीको भंगार सङ्कलन केन्द्रको पहिलो तल्लामा १२ जना मजदुर सुतिरहेका थिए । मजदुर सुतिरहेकै बेला भुइँ तल्लामा आगलागी भएको थियो । ‘कामदारहरूलाई बाहिर निस्कने एउटै बाटो तल्लो तलाको स्क्र्याप पसलबाट थियो । तर त्यो सटर बन्द थियो, केन्द्रीय क्षेत्रका डीसीपी एम राजेश चन्द्रले भने। बिहान ८ बजेसम्म ११ जनाको शव निकालिएको छ।   

आगलागी नियन्त्रण कक्षले बिहान करिब ३ बजे अलर्ट पाएको थियो । गोदाममा भिषण रुपमा लागेको आगोलाई नियन्त्रमा लिन तिनघण्टा भन्दा बढी समय लागेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद