Media Network

भारतको मणिपुर पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

 एजेन्सी । भारतको पूर्वाेत्तर राज्य मणिपुरको दुर्गम क्षेत्रमा गएको ठूलो पहिरोमा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । मणिपुरको नोने जिल्लामा चारदिन अघि निर्माणाधीन रेलवेमा पहिरो गएकाे हाे । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए ।

बेपत्ता मध्ये १३ जनाको शव तीनदिनपछि शनिबार निकालिएको हो । कोही जीवित छन् कि भनेर खोजतलास गर्दा ती शवहरु फेला परेका हुन्। 

 रेलवे निर्माणको सुरक्षार्थ खटिएका १०७ भारतीय आर्मी क्याम्पलाई पनि क्षति पुगेको छ । 

‘निकालिएका १३ जनाको शवमध्ये ८ जना सेना थिए ।

ती सरकारी अधिकारीहरुका अनुसार सो क्षेत्रमा अविरल वर्षासँगै पहिरोहरु गइरहेकाले जनधनको क्षति न्यूनिकरण गर्न सर्वसाधारणलाई चनाखो हुन अनुरोध  गरिएको छ । 

विपदमा परेकाहरुको उद्धार गर्न केन्द्र र राज्य सरकारका ४०० जना स्वय्मसेवकहरु परिचालित भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद