Media Network

भारतको मणिपुरमा पहिरोमा परी ६० जना पुरिए, सेनासहित १४ को शव निकालियो


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

एजेन्सी । भारतको मणिपुरमा केही दिनदेखि अरिवल वर्षाका कारण पहिरो जाँदा ठूलो घटनाहरु सार्वजनिक भइरहेका छन् । बुधबार राति नोनी जिल्लाको तुपुल रेलवे स्टेसन नजिक पहिरो जाँदा एक सय सात जना सवार आर्मी क्याम्प पुरिएको छ । 

जसमा परी कम्तीमा ३० देखि ४० सेना पुरिएको जनाइएको छ । त्यहाँबाट २३ जनालाई अहिलेसम्म बाहिर निकालिएको छ । यसबारे मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले आपतकालीन बैठक बोलाएका छन् । घाइतेको उपचारका लागि चिकित्सकको टोली घटनास्थलमा पुगेको छ ।अहिलेसम्म कति जना पुरिएका छन् भन्ने यकिन भएको छैन । 

उक्त पहिरोमा स्थानीय, सेना, रेल्वे कर्मचारी तथा मजदूरहरु गरी ६० जना पुरिएको आशंका गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद