दिल्ली । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित युनोत्री राष्ट्रिय राजमार्गको डामटा नजिक बस दुर्घटना हुँदा बसमा सवार २६ तीर्थयात्रीको मृत्यु भएको छ । बसमा ३० जना सवार थिए । आइतबार भएको उक्त दुर्घनामा परि अन्य ४ जना घाइते भएका छन् । घाइते चार जनाको देहरादुनको अस्पतालमा उपचार भइरहेको छ ।
बसमा सवार सबै मध्यप्रदेशका तीर्थयात्रु हुन् । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।
-एजेन्सी