भारतको विदेश सचिवमा राजदूत विनयमोहन क्वात्रा नियुक्त


खबरस्टोरी संवाददाता
२२ चैत्र २०७८, मंगलवार
भारतको विदेश सचिवमा राजदूत विनयमोहन क्वात्रा नियुक्त
काठमाडौ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। भारत सरकारले विज्ञप्ति जारी गर्दै उनी विदेश सचिवमा नियुक्त भएको जानकारी दिएको छ।

क्वात्राले भारतको विदेश सेवामा ३२ वर्षभन्दा बढी सेवा गरेका छन्। उनले फ्रान्स,अमेरिका, जेनेभा,दक्षिण अफ्रिका लगायतका देशमा काम गरिसकेका छन्।