Media Network

भारतमा अत्याधिक मात्रामा बढ्यो कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौँ । भारतमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण अत्याधिक बढेको छ । विगतमा भन्दा झण्डै तीस गुणाले संक्रमण दर बढेको छ ।भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।संक्रमण दर अत्यन्तै तिब्र रुपमा बढ्दा  समेत त्यहाँ नियन्त्रण र व्यवस्थापन पक्षलाई नजरअन्दाज गरेको पाईएको छ । कोभिड बढिरहेका बेला लाखौँ हिन्दू भक्तजन गंगा नदीमा सामूहिक स्नान गरेका छन् । 

शनिबार पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद