Media Network

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या, २४ घन्टामा २१४ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

एजेन्सी। भारतमा पुन: कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा मात्र २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो । 

पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ । 

दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ । विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद