भारतमा एक नवविवाहित जोडीको हत्या


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
भारतमा एक नवविवाहित जोडीको हत्या
एजेन्सी। भारतको तमिलनाडुमा एक अन्तरजातीय नवविवाहित जोडीको हत्या भएको छ । ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले विवाह भने अर्कै पुरुषसँग गरिन्। 

श्रीमान् निकै पिछडिएको जाति वर्गको रहेको भएर हत्या हुन सक्ने प्रहरीले आशंका गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

त्यस्तै हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।