नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना संक्रमित भएका छन् ।
सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम संक्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।दैनिक संक्रमितको संख्या घटे पनि संक्रमित अवस्थामै रहेकाको कुल संख्या भने बढिरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ संक्रमित अवस्थामै रहेका छन् ।
सोही अवधिमा संक्रमणमुक्त भएकाको कुल संख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीमध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ । रासस