एजेन्सी । भारतमा व्यावसायिक (एलपीजी) ग्यास सिलिन्डरको मूल्यमा भारतीय १ सय ९८ रुपैयाँले गिरावट आएको छ । १९ किलोको खाना पकाउने ग्यासको नयाँ दर जुलाई १ बाट लागू हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतको राजधानी दिल्लीमा अब ग्यासको मूल्य २ सय २१ भारतीय रुपैयाँ हुनेछ जबकी यस अघि २ हजार २ सय १९ रुपैया रहेको थियो ।