प्रदर्शनकारीमाथि प्रहरी चलाएको गोली लागेर राँचीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले राँचीमा घरबाट बाहिर निस्किएमा पक्राउ गर्ने चेतावनी दिँदै घरबाटै बाहिर ननिस्कन आह्वान गरेको छ ।
विभिन्न राज्यमा सैयौं जनालाई गिरफ्तार गरिएको छ । प्रहरीले शनिवार सहारनपुरमा ४८ जना तथा फिरोजाबादमा ८ जनालाई गिरफ्तार गरेको छ ।
पश्चिम बंगालको हावडामा शनिवार विहानैदेखि पुनः आन्दोलन चर्किएको छ । आगजनी र तोडफोडका कारण सोमवारसम्म हावडामा इन्टरनेट सेवा बन्द भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराजमा पनि शनिवार पनि प्रदर्शन भइरहेको छ ।
उत्तर प्रदेशमा पनि हिंसा भड्किएको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा बर्साइरहेका छन् । धार्मिक हिंसा भड्किने गरी बीजेपी नेता शर्माले दिएको अभिब्यक्तिको चौतर्फी निन्दा भएको छ ।
उत्तर प्रदेशमा प्रदर्शन चर्किएको छ । यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रबारको घटनालाई लिएर पत्रकार सम्मेलन गर्दैछन् ।