Media Network

भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे


खबरस्टोरी संवाददाता

११ माघ २०७८,मंगलवार

एजेन्सी।  भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लाे २४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु भएकाे छ ।

भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद