Media Network

भारतमा १८ महिनाभित्रै दश लाखलाई रोजगारी


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० लाख भारतीय नागरिकलाई रोजगार दिन निर्देशन दिएका छन् । मन्त्रालय र विभागमा रहेका रिक्त पदहरू तत्काल भर्नका लागि केन्द्रीय सरकारका सचिवहरूलाई तत्काल कदम चाल्न सुझाव दिएको दुई महिना भन्दा बढी समय हुँदा पनि भर्ना नखोलेपछि मोदीले समीक्षा बैठक गर्दै आगामी १८ महिनाभित्रै १० लाखलाई रोजगार दिन निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सबै सरकारी विभागहरू र मन्त्रालयहरूमा मानव संसाधनको स्थितिको समीक्षा गर्दै आगामी १८ महिनामा १० लाख मानिसहरूको भर्ती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले ट्वीट गरी जानकारी दिएको छ । 

दुई महिनाभन्दा बढी समयपछि मोदीले समिक्षा बैठकमा यस्तो निर्देशन दिएको मन्त्रालयका सचिव राजीव गौवालाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ । 

गत वैशाख २ गते सचिवहरुसँगको भेटमा प्रधानमन्त्री मोदीले सार्वजनिक र निजी क्षेत्रमा हुने सबै सरकारी हस्तक्षेपको केन्द्रबिन्दु रोजगारी हुनुपर्नेमा जोड दिएका थिए ।

मन्त्रिपरिषद् कार्यालयका सचिवले सचिवहरूलाई पत्र लेखेर प्रधानमन्त्रीको सुझावलाई तत्काल कारबाही गर्न आग्रह गरेका थिए ।

बेरोजगारीको मुद्दामा प्रतिपक्षले बारम्बार आलोचना गरिरहेकाबेला सरकारको यस्तो निर्णय आएको हो । विभिन्न सरकारी क्षेत्रहरूमा ठूलो संख्यामा पदहरु रिक्त छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद