उत्तर प्रदेश। अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो।
आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो। कोभिड संक्रमण र मृत्युका घटना बढेको र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो।
२३ डिसेम्बरमा परेको उजुरीबारे सुनुवाइ गर्दै न्यायाधीश शेखर कुमार यादवले निर्वाचनका सम्पूर्ण र्याली र सार्वजनिक कार्यक्रम बन्द गर्न अनुरोध गरेका हुन्। न्यायाधीश यादवले र्याली र भिडभाडभन्दा पनि पत्रपत्रिका र टेलिभिजनका माध्यमबाट प्रचार गर्न राजनीतिक दलहरुलाई अनुरोध गरेका छन्। -न्युज कारखाना