यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार ८४ जना नयाँ सङ्क्रमित भएको देखिएको थियो ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ५० हजार ५४८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड २६ लाख ६१ हजार ३७० पुगेको छ ।