भारतमा ४० विद्यार्थी सवार बस खोंचमा खस्दा १६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
भारतमा ४० विद्यार्थी सवार बस खोंचमा खस्दा १६ जनाको मृत्यु
एजेन्सी।  भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । 

कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।