भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी अस्पताल भर्ना


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी अस्पताल भर्ना
एजेन्सी। कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ । 

‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ भएको थियो ।