‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ भएको थियो ।