भारतीय प्रधानमन्त्री मोदीले मनाए आमाको १०० औँ जन्मदिन


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
भारतीय प्रधानमन्त्री मोदीले मनाए आमाको १०० औँ जन्मदिन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी आमा हीराबेनको १०० औँ जन्मदिन मनाएका छन् । उनकी आमले आज १०० वर्षमा प्रवेश गरेकी छन्  ।

मोदीले आज शनिवार गान्धीनगरस्थित आफ्नो निवासमा गई आमालाई भेटेर आमा हीराबेन मोदीको खुट्टा धोएर आशीर्वाद लिदै आमाको जन्मदिन बनाएका छन् । 

मोदीकी आमा बेनको जन्मदिनलाई विशेष बनाउँदै गान्धीनगरको रायसन पेट्रोल पम्पदेखि ६० मिटर सडकको नाम ‘पूज्य हीरा मार्ग’ राखिएको छ ।