Media Network

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर तमिलनाडुमा दुर्घटना


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

चेन्नई । भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडुमा दुर्घटनामा भएको छ । 

यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस)  बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।  

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । 

रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद