भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको विवरण दिल्लीद्वारा अस्वीकार


खबरस्टोरी संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार
भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको विवरण दिल्लीद्वारा अस्वीकार

एजेन्सी। भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणहरुलाई दिल्लीले अस्वीकार गरेको छ । विद्यार्थीहरुलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरुलाई रुसी भूमिमा जानबाट रोक्न हरेक उपाय गरिएको रुसले दाबी गरेको थियो । 

तर, बिहीबार सार्वजनिक भएको विज्ञप्तिमा भारतीय विदेश मन्त्रालयले युक्रेनमा ‘कुनै पनि विद्यार्थीलाई बन्धक बनाएकोे रिपोर्ट प्राप्त नभएको’ जनाएको छ । भारतीय विद्यार्थीलाई युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट बाहिर जान सहयोगको लागि विशेष रेलको व्यवस्था गर्न भारतले युक्रेनी अधिकारीहरुसँग सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ । हजारौं भारतीय विद्यार्थी अझै पनि खारकिभमा अलपत्र परेका छन् ।