Media Network

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

एजेन्सी। शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् ।   तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्। हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद