बलिउड नायिका श्रद्धा कपुरका भाइ ड्रग्स केसमा पक्राउ


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
बलिउड नायिका श्रद्धा कपुरका भाइ ड्रग्स केसमा पक्राउ
एजेन्सी। बलिउड नायिका श्रद्धा कपुरका भाइ सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ ।

बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा छापा मारेको थियो । पार्टीमा सिद्धान्तसहित ६ जनामा लागुऔषध परीक्षण पोजेटिभ देखिएको छ ।