Media Network

बेलायती प्रधानमन्त्री जोन्सनको विश्वास मतमा आज मतदान हुँदै


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसदमा विश्वासको मत लिनुपर्ने भएको छ । 

हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका ५४ सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न उठेपछि जोन्सनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

बेलायती समयानुसार बेलुका ६ बजे संसदमा मतदान हुन लागेको हो ।

विश्वासको मत हासिल गर्न सफल नभए जोन्सनले पद गुमाउनेछन् । उनलाई प्रधानमन्त्री पदबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० जना सांसदमध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद