Media Network

बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

एजेन्सी।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसद्‌मा विश्वासको मत पाएका छन् । आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् । बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसदले उनले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए ।

उनी अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा विश्वासको मत प्राप्तसँगै रहने निश्चित भएको छ । कोभिड लकडाउनको समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा ‘रक्सी पार्टी’लाई लिएर प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को  आलोचना भएको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री जोनसनले संसद्‌मा बारम्बार क्षमायाचना गरेका थिए । 

मतदानको दौडमा जोनसनको स्थिति खतरनाक देखिएको थियो किनकी धेरै कन्जरभेटिभ सांसदहरूले जोनसनलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आह्वान गरेको पत्र बुझाएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद