Media Network

बेलायती संसद्‌भित्र अश्लील सामग्री हेरेको आरोप


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

एजेन्सी । बेलायती संसद्‌भित्र बैठकमा एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील भिडियो हेरेको आरोप लागेको छ ।  सांसदको नाम सार्वजनिक गरिएको छैन् । 

ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । 

ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बीर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् । 

सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद