प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो ।
कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर, सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको थियो ।
लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरु खुसी भएका छन् । प्रतिबन्ध हटाएकोमा सांघाइ सरकारले पनि सन्तोष व्यक्त गरेको छ । (एजेन्सी)