बेइजिङ् । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म चार जनाको मृत्यु भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना गरी ४० घाइते भएका छन् ।
भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।