चिनियाँ विदेशमन्त्रीले अफ्रिकी, एसियाली राष्ट्रको भ्रमण गर्ने


खबरस्टोरी संवाददाता
१५ पुष २०७८, बिहीबार
चिनियाँ विदेशमन्त्रीले अफ्रिकी, एसियाली राष्ट्रको भ्रमण गर्ने

एजेन्सी। चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आगामी जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।  चिनियाँ विदेशमन्त्रीहरूले वर्षको शुरुमा अफ्रिका भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै उक्त भ्रमण गर्न लागेको बाताइएको छ ।

   परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार बेइजिङमा उक्त घोषणा गरेका हुन् ।अफ्रिकी भ्रमणपछि वाङले निमन्त्रणामा माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्ने झाओले बताए ।