Media Network

चार नेपालीलाई बन्धक बनाएको आरोपमा एक पाकिस्तानी पक्राउ


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

एजेन्सी । टर्कीको इस्तानबुलमा चार नेपालीलाई बन्धक बनाएको आरोपमा एक पाकिस्तानी गिरोहलाई त्यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

नेपालीलाई उद्धार गरेको फुटेज प्रहरीले सार्वजनिक गरेपछि यो घटना चर्चामा आएको हो । स्थानीय प्रहरीले ६ जना पाकिस्तानीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

नेपालीहरू गत हप्ता ताक्सिम स्क्वायरमा हिँडिरहेको बेला ती गिरोहका सदस्य उनीहरूको नजिक आई बन्दुक देखाई उनीहरूसँगै लगेको डेलीसबाहले लेखेको छ ।

नेपालीहरूलाई इपसुल्तान जिल्लाको एउटा घरमा राखेर तीन दिनसम्म यातना दिइएको थियो । प्रहरीले पीडितलाई बचाएर पक्राउ गरेको घरमा छापा मार्दा अपहरणमा प्रयोग हुने चक्कु र पेस्तोल बरामद भएको छ ।

प्रहरी अनुसार सन्दिग्धहरूको यातनाको भिडियो खिचेर पीडितका साथी र इस्तानबुलस्थित स्थानीय नेपाली संघका सदस्यलाई (१०,००० )   युरो ( १०,६७४ )   डलर फिरौती मागेका थिए। भिडियो पाएका साथीले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

फिरौती लिन आएका अली एच र मुहम्मद एस दुई जना पाकिस्तानी पुरुष, पाकिस्तानी महिला अस्मा एमसँगै पक्राउ परे। प्रहरीले आधा खाली घरमा छापा मारेको थियो, बाँकी गिरोहलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई लुटपाट, अपहरण र हतियार कानूनको उल्लङ्घनको आरोप लगाइएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद