Media Network

चार रुसी सैनिक युक्रेनको नियन्त्रणमा, विदेशमन्त्रीले सार्वजनिक गरे तस्बीर


खबरस्टोरी संवाददाता

१४ फाल्गुन २०७८,शनिबार

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले युक्रेनी सेनाले कब्जामा लिएका चार रुसी सैनिकको तस्बिर ट्विटरमा पोस्ट गरेका छन् ।

’आमाहरू, पत्नीहरू, रूसी सैनिकहरूका छोरीहरू ! आफ्ना पुरुषहरूलाई घर लैजानुहोस् । तिनीहरू विदेशी भूमिमा निर्दोष मानिसहरूको हत्या गर्न, हाम्रो घर भत्काउन आए । तिम्रो शक्ति झुटो छ । युक्रेनका जनताले फूलले होइन हतियारले भेट्नेछन् । युद्ध रोक्न अधिकारीहरूसँग माग गर्नुस्, आफ्ना प्रियजनहरूलाई बचाउनुहोस् !’ कुलोबाले आफ्नो ट्विटमा लेखेका छन् ।रुसले युक्रेनको राजधानी किभमा आक्रमण तिब्र पारेपछि अहिले किभमा कडा कर्फ्यू लगाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद