Media Network

एलन मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

विश्वकै धनि व्यक्ति हुन् एलन मस्क । हालै मात्र उनले सामाजिक सञ्जाल ट्वीटरको शेयर किनेका छन् । ट्वीटरको ९.२ प्रतिशत शेयर मस्कले किनेको ब्लूमबर्गले उल्लेख गरेको छ ।

केहि साताअघि आफ्नै सामाजिक संजाल खोल्ने संकेत गरेपनि उनले ट्वीटरमा लगानी गरेका हुन् ।शेयर नियामक संस्थाले मस्कले होल्डिङ खरिद गरेको विवरण सार्वजनिक गरेपछि ट्विटरको शेयर प्रिमार्केट ट्रेडिङमा २६ प्रतिशतले बढेको छ । शुक्रबारको बजार बन्दको आधारमा मस्कले ट्वीटरमा लगानी गरेको सेयरको मूल्य लगभग २.८९ बिलियन डलर रहेको बताइएको छ ।५० वर्षीय मस्क ट्विटर प्रयोग गर्ने ठुला व्यक्ति मध्ये एक हुन् । उनको ट्वीटरमा ८० मिलियन भन्दा बढी फलोअर रहेका छन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद