Media Network

फिलिपिन्समा आगलागी हुँदा बालबालिकासहित ८ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।  सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । 

क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो ।

मृत्यु हुनेमध्ये ६ जना बालबालिका  छन् । ‘घरमा हल्का सामाग्री थियो ।’, ग्रेग बिचायडाले भने आगलागी हुँदा मानिसहरू स्तब्ध भए । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद