Media Network

फिलिपिन्समा पूर्वराष्ट्रपति परिवारका सदस्य नै राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

क्वालालाम्पुर । फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएको छ । त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान् राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएको छ । 

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएको थियो । दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उहाँहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन् । 

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए । राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो ।

त्यस अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसदका प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् ।मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद