Media Network

फेसबुककी सीओओ शेरिलले दिइन् राजीनामा, को बन्दैछ नयाँ सीओओ ?


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

एजेन्सी । फेसबुकको मुख्य कम्पनी मेटाका सीओओ शेरिल स्यान्डबर्गले राजीनामा दिएकी छिन् ।

फेसबुकको सुरुवात देखि नै बहु–बिलियन डलरको विज्ञापन पावरहाउसमा रूपान्तरण गर्न मद्दत गरेपछि विश्वव्यापी व्यापारमा सबैभन्दा लोकप्रिय बनेकी ५२ वर्षीया स्यान्डबर्गले  बुधवार फेस्बुकमा एक स्टाटस जारी गर्दै राजीनामाको घोषणा गरेकी हुन् । 

राजीनामा दिए पनि उनले फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटाको बोर्डमा रहने जानकारी गराएकी छिन् । कम्पनिमा महत्वपूर्ण योगदान गरेपछि उनी फेसबुकका सिइओ मार्क जुकरबर्ग पछि दोस्रो अधिकारीको रुपमा काम गरिरहेकी थिइन् । 

शेरिल स्यान्डबर्गको राजीनामा औपचारिक रुपमा स्वीकृत भएसँगै फेसबुकको सीओओ जेभियर ओलिभान नियुक्त हुने जनाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद