स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको छ ।
सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत् छन् । आबेको उपचारमा कुनै कमी हुन नदिने र चिकित्सकहरू उनको ज्यान बचाउन सक्दो प्रयासमा रहेको कासिदाको भनाइ छ ।