Media Network

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

एजेन्सी।  इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ ।

“प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ, यसको नयाँ तालीका  पछि सार्वजनिक गरिनेछ,” प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उनको तीन दिने भ्रमण आगामी आइतबारदेखि सुरु हुने तय गरिएको थियो ।  दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा इजरायलका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कार्यतालिका बनेको हो । उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका थिए ।  

प्रधानमन्त्री बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको प्रधानमन्त्रीको कार्यालयले सोमबार सार्वजनिक गरेको थियो । प्रधानमन्त्रीको कार्यालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

“हिस्टोरिक समिट” का क्रममा उनिहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिट इजरायलको जेरुसेलममै भएको थियो । उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद