Media Network

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

एजेन्सी।  इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउने भएका छन् ।उनि आगामी अप्रिल ३ देखि भ्रमणमा आउने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन्  ।

भारत र इजरायलका बीचमा कुटनीतिक सम्वन्ध स्थापना भएको ३० औँ बार्षिकोत्सवको अवसरमा उनले भारतको भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही अप्रिल ३ देखि ५ सम्म भ्रमण गर्ने तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उनिहरुका बीचमा यसअघि गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धी सम्मेलनमा साइडलाईन भेटवार्ता भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद