भूकम्पले भत्किएका संरचनामा उद्धार जारी राखिएको अधिकारीहरुलाई उद्धृत गर्दै इरानी सरकारी मिडियाले उल्लेख गरेको छ । शक्तिशाली भूकम्पपछि साना पराकम्पहरु गइरहेका छन् ।
भूकम्पले इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको जनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
चीन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइनलगायत आसपासका देशहरूमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
सन् २००३ मा ६.६ रेक्टरको भूकम्प जाँदा इरानमा २६ हजार नागरिकको मृत्यु भएको थियो ।